PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

प्रियारानी लामा बनिन् 'सक्षम फाउण्डेसन'को सद्भावना दुत



पहिलोपोस्ट

प्रियारानी लामा बनिन् 'सक्षम फाउण्डेसन'को सद्भावना दुत

काठमाडौं: नायिका तथा मोडल प्रियारानी लामा सक्षम फाउण्डेसन नेपालको सद्भावना दुत नियुक्त भएकी छिन्। फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा उनलाई अवसरमा उनलाई दुत घोषणा गरेको हो।

नेपाल १ टेलिभिजन कार्यक्रम सञ्चालिका तथा मिस पूर्वाञ्चल समेत रहेकी लामाले म्युजिक भिडियोहरुमा काम गरेकी छिन्। उनलाई सक्षम फाउण्डेशन नेपालका अध्यक्ष डाक्टर सिके सिंहले सद्भावना दुतको नियूक्ती प्रमाण पत्र प्रदान गरे। सक्षम फाउन्डेसन शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने सामाजिक संस्‍था हो।

नियुक्तीसँगै प्रियारानीले आफू संस्थामार्फत सामाजिक कार्यमा सक्रिय रहने बताइन्। भनिन्,'प्राकृतिक प्रकोपमा परेका र गरिब तथा दलित समुदायको स्वास्थ्य र शिक्षाका लागि म पनि प्रतिवद्ध रहनेछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell