PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अमेरिका उडाउने हतियारको बटन मेरो टेबलमा छ: किम जोङ उन



पहिलोपोस्ट

अमेरिका उडाउने हतियारको बटन मेरो टेबलमा छ: किम जोङ उन

उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०१८ लाग्दै गर्दा देशबासीका नाममा सम्बोधन गर्दै अमेरिकालाई धम्क्याएका छन्।
किमले भने, ‘पूरा अमेरिका हाम्रो न्युक्लियर हतियारको रेन्जमा छ, यी हतियारको बटन मेरो टेबलमै छ।’

टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले आफ्नो देश अझै मिसाइल हतियारमा सक्रिय रहनेसमेत उल्लेख गरेका छन्। उनले यो कुरा कुनै धम्की नभएको बरु साँचो भएको बताएका छन्। 

पछिल्लो समय उत्तर कोरियाले मिसाइल कार्यक्रमहरु बढाइरहेको छ। गत फेब्रुअरी यतामात्र प्योङयाङले २३ वटा मिसाइल परीक्षण गरिसकेको छ।
किम जोङको यो सन्देशसँगै अब अमेरिका उत्तर कोरियाबीच तनाव बढ्ने भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell