PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

भूकम्पले क्षति पुगेका ९०४ खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माण



पहिलोपोस्ट

काठमाडौँ :  भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न जनाएको छ।  

गोरखा भूकम्पबाट अतिप्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो। हाल ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए। 

यो आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका लागि एक अर्ब १० करोड बजेट छुट्याइएको प्राधिकरणले जनाएको छ। पुनःनिर्माण सम्पन्न भइसकेका र भइरहेका गरी एक हजार ८६९ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। 

खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणको प्रगति ५८ प्रतिशत पुगेको प्रवक्ता भुसालले बताए। आयोजना पुनःनिर्माणका लागि सरकारको आह्वानमा विकास साझेदार संस्थाले सहयोग गरेकाले छिटो पुनःनिर्माण सम्पन्न हुन सकेको प्राधिकरणले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell