
सन् २०१७ को अन्त्यसँगै बलिउडले पनि एउटा फिल्म वर्षको अन्त्य गर्यो। २०१७ को लागि रिलिज भएको अन्तिम फिल्म 'टाइगर जिन्दा हे'ले बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्दैछ। सार्वजनिक भएको १० दिनमा २५० करोड माथिको कमाइ गरेको हो। तर समग्रमा भने २०१७ बलिउडका लागि सुखद ठहरिएन। टाइगर जिन्दा हेसहित मात्र तीन फिल्म बाहुबली २ र गोलमाल अगेनले २०० करोडमाथिको ग्रस कलेक्सन गर्यो।
अपेक्षित फिल्महरु रइस, ट्युबलाइट, सिक्रेट सुपरस्टार लगायतले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेनन्। यसैबिच 'बलिउड अवार्ड' भने वितरण भयो। समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाएको फिल्म 'रिबोन'ले उत्कृष्ट फिल्मको अवार्ड जित्यो।
यस्तो छ अन्य विजेता सूची:
उत्कृष्ट फिल्म: रिबोन
उत्कृष्ट निर्देशक: राखी सान्दिल्या (रिबोन)
उत्कृष्ट अभिनेता: अदिल हुसेन (मुक्ती भवन)
उत्कृष्ट अभिनेत्री: विद्या बालन (तुम्हारी सुलु)
उत्कृष्ट पटकथा: एकलब्य, राजिव उपाध्याय, राखी सान्दिल्या, राघव दत्त, मञ्जिरी पुपाला (रिबोन)
उत्कृष्ट सह अभिनेता: पंकज त्रिपाठी (न्युटन)
उत्कृष्ट सह अभिनेत्री: मेहेर विज (सिक्रेट सुपरस्टार)
उत्कृष्ट छायाँकार: राजिव रवि (मनसुन सुटआउट )