PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

टोपी दिवसमा प्रधानमन्त्री देउवालाई टोपी प्रतिष्ठानको उपहार



पहिलोपोस्ट

टोपी दिवसमा प्रधानमन्त्री देउवालाई टोपी प्रतिष्ठानको उपहार

काठमाडौं :   पाँचौँ अन्तरार्ष्ट्रिय नेपाली टोपी दिवसको अवसर पारी नेपाल टोपी प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपहार दिएको छ।

प्रतिष्ठानका अध्यक्ष शंकर बन्जाडेसहितको टोली बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई टोपी उपहार दिएको संस्थाका सचिव प्रकाश अधिकारीले जानकारी दिए।सो अवसरमा प्रधानमन्त्री देउवाले टोलीलाई नेपाली टोपी लगार्इ शुभकामना दिएका थिए। 

जनवरी १ मा यसवर्ष पनि गैरआवासीय नेपाली संघको समन्वयमा विश्वका ७८ देशमा नेपाली टोपी दिवस मनाइरहेको जानकारी दिदैं प्रतिष्ठानले नेपाली टोपी प्रवर्द्धनको माग गरेको थियो। प्रधानमन्त्री देउवा प्रतिष्ठानका संरक्षकसमेत हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell