धुलिखेल : काभ्रेमा आज भएका छुट्टाछुट्टै दर्घटनामा दुईजनाको मृत्यु भएको छ। काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा गइरहेको बा३ख ५९५५ नम्बरको बसले सोही बसबाट झर्दै गर्दा नमोबुद्ध नगरपालिका–१ का ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको छ।
बसबाट झर्दै गरेका बेला तामाङलाई बसले किचेर घाइते बनाएकामा धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो।
त्यस्तै पाँचखाल नगरपालिका–८ खावामा आइतबार बेलुका धुलिखेलबाट दोलालघाटतर्फ गइरहेको बा७१प २०१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना१ज १८८४ नम्बको सुमो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर टीकाथली नगरपालिका–४ का विनय देउजाको मुत्यु भएको छ।
मोटरसाइकलको पछाडि सवार २३ वर्षीया अमिता आचार्य घाइते भएको र उनको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस