PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

राष्ट्रियसभा निर्वाचनको मिति चाँडो तोक्न आयोगसमक्ष वाम गठबन्धनको माग



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचनको मिति चाँडो तोक्न आयोगसमक्ष वाम गठबन्धनको माग

काठमाडौं :  वाम गठबन्धनका नेताहरुले राष्ट्रियसभा निर्वाचनको मिति चाँडो तोक्न निर्वाचन आयोगसँग माग गरेका छन्।

सोमबार दिउँसो दुई दलका नेताहरु राष्ट्रियसभा निर्वाचनको मिति तोक्न र प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक गर्न दवाव दिने उद्देश्यले आयोग पुगेका थिए।

भेटमा राष्ट्रपतिले अध्यादेश जारी गरिसकेकाले राष्ट्रिय सभाको निर्वाचनको मिति चाँडो तोक्न माग गरिएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए।

रावलले भने, ‘निर्वाचनमार्फत जनताले प्रतिनिधि चुनिसकेको अवस्था र राष्ट्रपतिले अध्यादेश जारी गरिसकेको अवस्थामा पनि निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मिति तोकेको छैन, हामीले तत्काल मिति तोक्न अग्रह गर्यौं।’

त्यसैगरी वाम गठबन्धनका नेताहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्नुपर्ने सुझाव आयोगलाई दिएको थियो।

आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले एमाले र माओवादी दुवै दलका मागबारे चाँडै निष्कर्षमा पुग्ने बताएका थिए।

सोमबार दिउँसो एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, माओवादी केन्द्रका कृष्णबहादुर महरा, वर्षमान पुनलगायतका नेताहरु आयोगमा पुगेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell