PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

तीन पटक ब्याटिङ गर्दै एमाले नेता नेम्वाङले गरे मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन



पहिलोपोस्ट

तीन पटक ब्याटिङ गर्दै एमाले नेता नेम्वाङले गरे मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन

काठमाडौँ : नेकपा एमालेका नेता सुवास नेम्वाङले तीन पटक ब्याटिङ गरेर मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन गरेका छन्। मदन भण्डारी एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा नेम्वाङले तीन पटक ब्याटिङ गर्दै क्रिकेट एकेडेमीको उद्घाटन गरेका हुन्।

एकेडेमीमा नेता नेम्वाङ पहिलो खेलाडी भएको घोषणा गर्दै एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ एकेडेमीको सुरुवात गरिएको बताए। 

सो अवसरमा हेल्पिङ ह्याण्ड अस्पतालका अध्यक्ष गुप्तबहादुर श्रेष्ठ र एकेडेमीका अध्यक्ष श्रेष्ठले स्वास्थ्यसम्बन्धी सम्झौता गरेका थिए।

सम्झौतानुसार खेलाडीलाई अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिइने छ। कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गर्नाका साथै विभिन्न सांस्कृतिक प्रस्तुति दिइएको थियो । कार्यक्रममा नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell