PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

भक्तपुर :  भक्तपुरबाट गइरहेको गरेको बस र मोटरसाइकल मध्यपुरथिमि नगरपालिका गट्ठाघरमा ठक्कर खाँदा मोटरसाइकल चालक रामेछाप दोरम्बाका २० वर्षीय गोविन्द खड्काको मृत्यु भएको छ। 

बा ४ख ९३९१ नम्बरको नगर बसले र बा ५५प १०९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बस चालक काभ्रेपलाञ्चोकका २४ वर्षीय प्रेम लामा र बस नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए। शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell