पोखरा : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ब्यास नगरपालिका ३ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तनहुँको डुम्रेबाट पोखरा गइरहेको बा ९ च ४४४३ नम्बरको निजी कार र पोखराबाट सुनौली गइरहेको गरेको ना ६ ख ७२११ नम्बरको बस आपसमा ठक्कर खाँदा घाइते भएकी पैदलयात्री हरीमाया आलेको मृत्यु भएको हो।
ठक्करबाट घाइते उनको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते श्यामप्रसाद रेग्मी र गुरास आलेको उपचार भइरहेको छ। कार चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।