PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो : अब पेट्रोल र डिजेलमा एक तथा ग्यासमा २५ रुपैयाँ बढी तिर्नुपर्ने



पहिलोपोस्ट

पेट्रोलियम पदार्थको मूल्य बढ्यो : अब पेट्रोल र डिजेलमा एक तथा ग्यासमा २५ रुपैयाँ बढी तिर्नुपर्ने

काठमाडौं : नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटितेल र पेट्रोलसँगै खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य पनि बढाएको छ। इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार सोमबार निगमले पेट्रोल, डिजल र मट्टितेलमा एक/एक रुपैयाँ मूल्य बढाएको हो। 

नयाँ मूल्यपछि पेट्रोल लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको ७९ रुपैयाँ पुगेको छ। हवाइ इन्धन आन्तरिकतर्फ तीन रुपैयाँ मूल्य बढेर ९० रुपैयाँ कायम भएको छ।

यस्तै एलपीजी ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेको छ। उपभोक्ताले अब एक सिलिण्डर ग्यासको १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्नेछ।

नयाँ मूल्यपछि पनि निगमको नोक्सानी २६ करोड ४० लाख रुपैयाँ रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell