PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

इरानमा प्रदर्शन हिंसात्मक बन्दै, दश जनाको मृत्यु



पहिलोपोस्ट

इरानमा प्रदर्शन हिंसात्मक बन्दै, दश जनाको मृत्यु
फोटो श्रोतः bbc.com

तेहरानः इरानमा भएको प्रदर्शनका क्रममा दश जनाको मृत्यु भएको छ।जारी प्रदर्शनका क्रममा सबैभन्दा बढी हिंसा आइतबार राति भएको बताइएको छ। 

राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छन्। मारिएका मध्ये ६ जना पश्चिमी ट्युसेरकानका रहेका छन्। सरकारी टेलिभिजनले गोली हान्नेहरु फरार रहेको समाचार प्रसारण गरेको छ। 

स्थानीय एक सांसदले दुई जनाको दक्षिणपश्चिमी शहर इजेहमा गोली हानी हत्या भएको जानकारी दिए। यी बाहेक एक किशोरसहित अन्य दुई जना पनि मारिएका छन्। इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरुको संख्या चार दिनमा १२ पुगेको छ। 

प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। अधिकारीले जनाएअनुसार मुल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएका छन्। 

इरानको दोस्रो ठूलो शहर मस्साड र अरु पश्चिम इरानी शहरमा पनि हजारौँ प्रदर्शनकारीले सडकमा उत्रिएर प्रदर्शन गरेका विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। 

प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी रहेका उनीहरुले बताएका छन्। 

इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न शहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell