PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

माओवादी केन्द्रको विस्तारित बैठक भोलि, पार्टी एकताबारे छलफल हुने



पहिलोपोस्ट

माओवादी केन्द्रको विस्तारित बैठक भोलि, पार्टी एकताबारे छलफल हुने

काठमाडौँ : मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले मंगलबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ। 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मंगलबार अपराह्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ। 

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ। 

पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell