PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर, हवाई उडान प्रभावित



पहिलोपोस्ट

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर, हवाई उडान प्रभावित
तस्बिर : फाइल

नेपालगन्जः बाक्लो हुस्सुसँगै शीतलहरका कारण बढेको चिसोले बाँकेको जनजीवन कष्टकर बनेको छ। 

शीतलहरसँगै बढेको जाडोले विद्यालयका जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्‍याएको छ। शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिक स्थलमा आगो बालेर ताप्ने गरिएको छ। 

न्यानोका लागि ग्रामीण क्षेत्रका नागरिकहरु दिनभर आगो बालेर ताप्ने गरेको डुडुवा गाउँपालिका ४ का जान अली नाउ बताउँछन्। चिसो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वास लगायतका बिरामीको चाप अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको अस्पतालले जनाएका छन्। 

बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेका छन्। अहिले बिहान भिजिवीलिटी खुलेर पहाडी जिल्लाका लागि एउटा उडान भएको छ। नागरिक उड्डयन कार्यालयका अनुसार अहिले मौसम खुले पनि एकैछिन पछि ढाक्न सक्ने भन्दै काठमाडौँ र पहाडी जिल्लाको उडान प्रभावित हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell