PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

सोलार 'लिफ्टिङ'बाट सातसय मिटर उचाइमा पानी



चन्द्रकान्त खनाल

सोलार 'लिफ्टिङ'बाट सातसय मिटर उचाइमा पानी

रुपन्देहीः सिँचाईका लागि पानीको समस्या भोग्दै आएका गुल्मीको रेसुङ्गा नगरपालिका ६ चेक्मीमा सोलार लिफ्टिङबाट पानी तानेर डाँडामा पुर्‍याइ वितरण सुरु गरिएको छ। चेक्मीको खालाचौरबाट ७०० मिटर माथि डाँडोमा पानी पुर्‍याइएको हो।

आयोजना स्थानीयको ३ लाख तथा सिँचाई परियोजनाको २५ लाख रुपैयाँ निर्माण गरी सफल परीक्षण गरिएको उपभोक्ता समिति अध्यक्ष दुर्गा मरासिनीले बताए।

परियोजना सफल भएपछि सोही स्थानका १५० घरले सहज रुपमा सिँचाई गर्न पाउने उपभोक्ता समितिका सचिव गोपाल केशीले बताए । बिना व्याट्री सोलारका पातामार्फत पानी तान्ने यो प्रविधि देशका धेरै स्थानमा उपलब्धिमूलक रहेको प्राविधिक सुरेश राउतले बताए। यो प्रविधिलाई स्थानीयले जतन गरे पाँच बर्षसम्म केही नहुने राउतको भनाई छ।

सोलार सिस्टम भएकाले बिग्रने सम्भावना कम हुन्छ तर पनि संरक्षण हुनुप¥यो, उनले भने, ‘पाँच वर्ष मेसिनकै ग्यारेन्टी हुन्छ।’

योजना उद्घाटन गर्दै गुल्मी क्षेत्र नं २ का सांसद् गोकर्ण बिष्टले जिल्लाका अन्य ४० देखि ५० स्थानमा खानेपानी तथा सिँचाईका निम्ती सोलार लिफ्टिङ संचालन गर्ने बताए।

‘पानी खस्दा मात्र सफलता नठान्नुस, म यो ठाउँमा तरकारी फलेको हेर्न चाहन्छु’, बिष्टले भने, ‘परियोजनाको संरक्षण पनि तपाईँहरुको कर्तव्य हो।’

उनले जिल्लामा अबको पाँच वर्ष खानेपानी, सडक र बिजुलीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell