PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक बस्दै, पार्टी एकताका विषयमा छलफल हुने



पहिलोपोस्ट

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक बस्दै, पार्टी एकताका विषयमा छलफल हुने

काठमाडौँ: नेकपा एमालेसँगको पार्टी एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक आज बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। 

चुनावी समीक्षा, पार्टी एकताका लागि भइरहेको प्रयास तथा सरकार गठनका विषयमा छलफल केन्द्रित हुनेछ। माओवादी केन्द्र सरकार गठन र पार्टी एकतालाई समानान्तर रुपमा अघि बढाउने रणनीतिमा छ। पार्टी एकीकरणको प्रयास भइरहे पनि पछिल्लो समयमा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन। 

यस्तै, सरकार गठनको प्रक्रिया समेत अघि बढ्न सकेको छैन। संवैधानिक अवरोध रहेको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसधाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरेको छैन। मतपरिणाम सार्वजनिक नहुँदा प्रतिनिधिसभा गठन प्रक्रिया रोकिएको छ। प्रतिनिधिसभा गठन नहुँदा सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell