PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

पाल्पामा बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु, गोली हान्ने पक्राउ



पहिलोपोस्ट

पाल्पामा बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु, गोली हान्ने पक्राउ

काठमाडौं : पाल्पाको तिनाउ गाउँपालिका ६ मस्यामको जंगलमा शिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ। 

सोमबार साँझ भरुवा बन्दुकको गोली लागेर स्थानीय ६२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय बलबहादुर लम्तरीले बाँदर ठानेर हानेको गोली थापालाई लागेको थियो। गोली लागेका थापाको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली प्रहार गर्ने लम्तरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बाँदर ठानेर थापालाई गोली प्रहार गरेको प्रहरीलाई बयान दिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell