PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

जाम्बीयाको राजधानी लुसाकामा हैजाका कारण ४२ जनाको मृत्यु, दुई हजार प्रभावित



पहिलोपोस्ट

जाम्बीयाको राजधानी लुसाकामा हैजाका कारण ४२ जनाको मृत्यु, दुई हजार प्रभावित

लुसाका :  जाम्बीयाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ। स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिलेसम्म हैजाका कारण ४२ जनाको मृत्यु भइसकेको जानकारी दिए। 

अधिकारीहरुले हैजा नियन्त्रणका लागि थुप्रै प्रयासहरु गरेको पनि बताएका छन्। हैजाको प्रकोप बढेपछि मन्त्रालयले धेरै मानिस एकै ठाँउमा भेला हुने कार्यक्रमहरु गर्न प्रतिबन्ध गरेको जनाएको छ।

ठूला वैवाहिक समारोह, सांस्कृतिक कार्यक्रमहरु, सडक व्यापारलगायतलाई अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाइएको मन्त्रालयले स्पष्ट पारेको छ। 

राष्ट्रपति इडगार लुङ्गुले रोगको प्रकोप अन्य क्षेत्रमा फैलिन नदिनेगरी तत्काल रचनात्मक कामहरु थाल्न प्रतिरक्षात्मक निकायहरुलाई निर्देशन दिएका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell