.jpg)
काठमाडौं : नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक समितिको बैठक आजदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङ गाउँमा सुरु भएको छ।
बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समग्र समीक्षा र आगामी कार्ययोजनाबारे छलफल हुनेछ। तीन दिनसम्म चल्ने बैठकले पार्टीको आगामी कार्ययोजनाकाबारेमा निर्णय लिने नयाँ शक्तिले जनाएको छ।