PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

वार्ता गर्ने उत्तर कोरियाली नेताको सम्बोधनको दक्षिण कोरियाका राष्ट्रपतिद्वारा स्वागत



पहिलोपोस्ट

वार्ता गर्ने उत्तर कोरियाली नेताको सम्बोधनको दक्षिण कोरियाका राष्ट्रपतिद्वारा स्वागत
फोटो श्रोतः bbc.com

सोल : दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका छन्। नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए। 

सम्बोधनका क्रममा उनले दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने बताएका थिए। शिशिर ऋतुमा आयोजना गरिने खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियाले उत्तर कोरियालाई पनि आग्रह गरेको थियो। 

त्यसैगरी नेता किमले गरेको सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरिएको छ। 

हामी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई सकारात्मक रुपमा लिन्छौँ र सो वार्तामा हामी सहभागी हुनसक्छौँ– सम्बोधनमा भनिएको छ । 
सम्बोधनपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन दिएका बताइएको छ। 

खेलकूद प्रतियोगिता आगामी फेब्रुअरी महिनामा दक्षिण कोरियामा आयोजना गरिएको छ। प्रतियोगितामा उत्तरले सहभागिता जनाउनुलाई दक्षिणले भने उपब्लिध भएको भनेको छ। 

त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ। दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो। 

वार्ताका बारेमा यसअघि उत्तरले केही बोलेको थिएन। तर यो सम्बोधनमा वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell