PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

राजपुत कर्नी सेना 'पद्मावत'को विरुद्ध, दिए हल भत्काउने धम्की



पहिलोपोस्ट

राजपुत कर्नी सेना 'पद्मावत'को विरुद्ध, दिए हल भत्काउने धम्की

प्रोडक्सन फेजदेखि नै कहिले सेटमा आगो लाग्ने, कहिले कामदारको मृत्यु हुनेजस्ता घटनाको सामना गर्दै आएको फिल्म 'पद्मावती' युनिटले प्रचार प्रसार निकै धमाकेदार शैलीमा गर्‍यो, तर पोसिट प्रोडक्सनको काम सकिए लगत्तै फिल्मलाई विवादमा तानियो। राजपुत समुदायको इतिहासलाई तोडमोड गरेको भन्दै फिल्म प्रदर्शनमा रोक लगाइएको हो। फिल्मको विरुद्धमा लागिपरे राजनीतिक पार्टी भाजपा र राजपुत समुदाय।

डिसेम्बर १ लाई रिलिज टार्गेट बनाएको फिल्म युनिटले फिल्म ऐतिहासिक हो या काल्पनिक हो उल्लेख नगरेको भन्दै सेन्सर बोर्डबाट फिर्ता भयो। ऐतिहासिक भएको जनाएसँगै डिसेम्बर २८ मा पद्मावती सेन्सर त भयो। तर भारतीय फिल्म सेन्सर बोर्डले फिल्मको नाम नै परिवर्तन गर्ने निर्देशन दियो। फिल्म 'पद्मावती'बाट 'पद्मावत' हुने भयो। साथै २६ दृश्यमा कैंची लाग्ने जानकारी दिइयो।

नाम नै परिवर्तन गरेपछि पनि निर्देशक संजयलिला भन्सालीले फिल्म प्रदर्शनमा ल्याउन अप्ठ्यारो हुने भएको छ। किनकी श्री राजपुत कर्नी सेनाले दवावमा आएर सेन्सर बोर्डले फिल्मलाई सेन्सर पास गराएको आरोप लगाएका छन्।

उनीहरुले आफ्नो समुदायको इतिहासको अपमान गरेको भन्दै पद्मावतको पनि विरोध सुरु गरेका हुन्। सेनाका सुकदेव सिंहले मिडियासँग भने,'पद्मावत रिलिज गर्ने सम्पूर्ण सिनेमा घरमा हामी तोडफोड गर्छौं।'

सेन्सर बोर्डले भने इतिहासकार श्री अर्विन्द, चन्द्रमणी सिंह, केके सिंह लगायतसँगको छलफलपछि फिल्म सेन्सर गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell