PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

चिसोले कठ्याङ्ग्रिएर महोत्तरीमा एक महिलाको मृत्यु



पहिलोपोस्ट

चिसोले कठ्याङ्ग्रिएर महोत्तरीमा एक महिलाको मृत्यु

गौशाला :  महोत्तरीको महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडाकी २८ वर्षीया सुधोदेवी पासवान छिन्।

चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी उनका दाजु श्यामले बताएका छन्।

दुई सातादेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर, बाक्लो हुस्सुका कारण अत्यधिक जाडो भई यहाँका मानिस, पशुपक्षी र बालीनालीसमेत प्रभावित भएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell