लखनउ : यहाँ आयोजित भागवत गीता वाचन प्रतियोगितामा नेपाली विद्यार्थी प्रथम भएका छन्। गोरखनाथ मठले गोरखपुरमा संचालन गरेको संस्कृत विद्यालयमा पढ्ने नेपाली पुनिष पाण्डेले ५१ हजार भारु सहित पहिलो स्थान हासिल गरे। दोस्रो उपाधी मिरुतकी मुस्लिम बालिकाले जितेकी छिन्। दोस्रो हुने अलिका खानले २५ हजार पुरस्कार पाइन्। मणिपुरका दीपक पाण्डेले १५ हजार नगद सहित तेस्रो स्थान हासिल गरे।
ऐतिहासिक लखनउ सम्झौता भएको १ सय १ वर्षमा आयोजित विशेष समारोहमा पुरस्कृतहरुलाई सम्मान गरियो।
बाल गान्धर तिलकको व्याख्यासहितको भागवत गीता वाचन गराइएको थियो। उत्तर प्रदेश माध्यामिक शिक्षा बोर्डले प्रतियोगिता आयोजना गरेको हो। लखनउ सम्झौतामा तिलको सपना 'स्वराज' समावेश छ। कार्यक्रममा उत्तर प्रदेशका गभर्नर राम नाइक, मुख्यमन्त्री आदित्य नाथ योगी, महाराष्ट्रका मुख्य मन्त्री देवेन्द्र भन्नाभिस लगायत थिए।
भारतका ११ विभिन्न क्षेत्रका १ सय ५०विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए। मुख्यमन्त्री योगीसँगको भेटपछि उत्साहित भएका पुनिसले भने, 'मैले मनदेखि नै गाएकाले जितेको हुँ जस्तो लाग्छ।'