PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

इन्दिरा जोशीको नयाँ गीत ‘मोहनी…’



पहिलोपोस्ट

इन्दिरा जोशीको नयाँ गीत ‘मोहनी…’

काठमाडौँ : नेपाली साकिराको उपनामबाट परिचित गायिका इन्दिरा जोशीको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अमेरिका निवासी गीतकार अम्बिका गुरुङको शब्द रहेको मोहनी नामक गीतमा जोशीले सुवर दिएकि हुन्। नेपाल आइडल गायन सो को जज बनेर काम गरेपछि जोशीले गाएको यो पहिलो गीत हो। संगीतकार महेश ज्ञवालीको कर्णप्रिय संगीत समावेश गीतमा शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो।

अमेरिकाका आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् भने अमेरिकमै बसोबास गर्ने अनिशा के क्षेत्रीले भिडियोको निर्देशन गरेकी हुन्।

सुशील न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रो र रचना पाण्डे जाफरले छायांकन गरेका हुन्। मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell