PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

कांग्रेससहित ६ दललाई समानुपातिकको सूची सच्याउन आयोगले गर्‍यो पत्राचार, नसच्याए कारबाही हुने



पहिलोपोस्ट

कांग्रेससहित ६ दललाई समानुपातिकको सूची सच्याउन आयोगले गर्‍यो पत्राचार, नसच्याए कारबाही हुने

पासाङ ठकुल्ला
काठमाडौं :  
निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दललाई पत्राचार गरेको छ। 

आयोगले नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सूची सच्याउन पत्राचार गरेको हो। 

दलहरुले समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्व नगराएको, प्रदेशमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व नपुगेको र बन्द सूची अनुसार उम्मेदवार दर्ताको क्रम मिचेकाले समानुपातिक सूची सच्याउन दलहरुलाई प्रत्राचार गरेको आयोगले जनाएको छ। 

दलहरुले पत्राचार गरेको तीन दिनभित्र समानुपातिक सूची सच्यार पठाउनु पर्ने छ। आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले भने, ‘दलहरुले तीन दिनभित्र समानुपातिक सूची सच्याएर नपठाए ऐनमा भएको व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढाइने छ।’ 

उनले भने, ‘ऐनले व्यवस्था गरे अनुसार दलहरुले सूची नबुझाए समानुपातिक उम्मेदवार निर्वाचित नगर्नेसम्मको व्यवस्था छ।’ 
प्रदेशसभामा समानुपातिक निर्वाचनमा १३ दलले सिट पाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell