PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

त्रिचन्द्रमा दुई राउन्ड अश्रु ग्यास, प्रहरी विद्यार्थी भिडन्त



पहिलोपोस्ट

त्रिचन्द्रमा दुई राउन्ड अश्रु ग्यास, प्रहरी विद्यार्थी भिडन्त

काठमाडौं : राजधानीको त्रिचन्द्र क्याम्पसमा प्रहरी र विद्यार्थी बीच झडप भएको छ। झडपमा केही घाइतेसमेत भएका छन्। 

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले निकालेको र्‍यालीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउन खोज्दा रोक्न गएका प्रहरी माथि ढुङगा प्रहार भएको थियो। भिड आक्रोशित बन्दै गएपछि प्रहरीले दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। 

निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक परिणाम सार्वजनिक गर्ने ढिला गरेको तथा हिजोमात्रै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्वियुले र्‍याली निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell