
काठमाण्डौँ : नायिका श्वेता खड्का अभिनित वेब सिरिज ‘टेन्सन फ्रि’को पोस्टर सार्वजनिक गरिएको छ। पहिलो भागमा अतिथी कलाकारको रुपमा देखिन लागेकी श्वेता अभिनित वेबसिरिजको पोस्टर मंगलबार सार्वजनिक गरिएको हो।
‘गज्जब टिभी’ नामक युट्युब च्यानलबाट छिट्टै सार्वजनिक हुने वेब सिरिजमा प्रेम र प्रेमिल जोडीका रमाईला किस्साहरुलाई देखाईने निर्माण पक्षले बताएको छ।
शुभ मिडिया होमको प्रस्तुतीमा सन्देश लामिछानेले निर्देशन गरेको वेबसिरिजमा रमेश गजुरेलको कथा रहेको छ। गोकुल अधिकारीको सिनेम्याटोग्राफीमा निर्माण हुन लागेको वेब सिरिज ‘टेन्सन फ्रि’मा बिष्णु बुढाथोकीको कन्सेप्ट छ। सार्वजनिक वेबसिरिजको पोस्टरमा कलाकार सुवोध गौतम र बिष्णु बुढाथोकीको बिचमा मोडल प्रतिक्षा खतिवडा छिन्।
अशोक चौधरीको सम्पादमा बन्न लागेको वेब सिरिजमा बिष्णु, सुबोध, प्रतिक्षाको अलावा नारायण नेपाल र निरज रजौरेको अभिनय रहेको छ।