PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

कञ्चनपुरमा नेपाल–भारत संयुक्त टोलीद्वारा सीमा सर्वेक्षण सुरु



पहिलोपोस्ट

कञ्चनपुरमा नेपाल–भारत संयुक्त टोलीद्वारा सीमा सर्वेक्षण सुरु

कञ्चनपुर :  नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेको छ। पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन थालेको हो।

संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए। 

गत भदौ अन्तिम साता भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्वे अफिसियल कमिटी’ को सातौँ बैठकले संयुक्त नापी टोली खटाउने निर्णय गरेबमोजिम टोलीले सर्वेक्षण अगाडि बढाएको हो। 

नापी विभागका प्रमुख अधिकृत सुदर्शनसिंह धामीको नेतृत्वमा नेपाली टोलीमा काशीलाल चौधरी, पूर्णबहादुर खड्का, महादेव भट्टसहित सातजना छन्। 

नेपाली टोलीसँगै भारतबाट पनि सर्वे अफ इन्डियाका अधिकारी आरसी भट्टको नेतृत्वको टोली खटिएको छ। 

टोलीले सीमास्तम्भको हालको अवस्था, मर्मत गर्नुपर्ने र हराएका सीमास्तम्भको विवरण संकलन गर्नेछ। विवरण संकलनपछि सीमास्तम्भको मर्मत सम्भार र हराएका ठाउँमा दुवै देशको सहमतिमा नयाँ सीमास्तम्भ राखिनेछ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell