
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए।
भेटमा अध्यक्ष प्रचण्डले निर्वाचन आयोगका कारण नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै राष्ट्रिय सभाको निर्वाचन छिटो गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्ने तयारीमा आफू रहेको जानकारी दिँदै राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने वचन दिएका तिमल्सिनाले बताए।