PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मेची महाकाली अभियानले व्यस्त विश्वप्रकाश



नेत्र तामाङ

मेची महाकाली अभियानले व्यस्त विश्वप्रकाश

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता विश्वप्रकाश शर्मा यतिबेला कांग्रेसलाई सुदृढ बनाउने संकल्पका साथ मेची महाकाली अभियानको दौरानमा छन्।

यही अभियानका क्रममा यो हप्ता प्रदेश तीनका विभिन्न जिल्लामा पुग्दैछन् उनी। यसले विश्वप्रकाशको व्यस्तता बढेको छ।

'हामी आफू बदलिन्छौ, कांग्रेस बदल्छौ' भन्ने उद्घोषका साथ प्रदेश ३ मा अभियान सुरु गरेका उनी आइतबार राष्ट्रिय मेलमिलाप दिवसमा काठमाडौंको राष्ट्रिय सभामा देखिएका थिए। सोही दिन उनीलगायत सात केन्द्रीय सदस्यले भावि रणनीति बनाउन नेतृत्वसमक्ष तत्काल केन्द्रीय कार्य समिति र महासमिति बैठक बोलाउन माग गरेका थिए।

भोलिपल्ट सोमबार चितवन पुगे उनी।

चितवनको टाँडीमा आयोजित कांग्रेसको आमसभालाई सम्बोधन गर्दै शर्माले सक्नेले संसार बदल्न सक्छन् भने कांग्रेस बदल्न पनि असम्भव नरहेको बताएका थिए।

मंगलबार चितवनबाट काठमाडौ फर्केका विश्वप्रकाश बुधबार काभ्रे पुग्दैछन्। पहिलोपोस्टसँग उनले भने, 'अहिले यही मुभमेन्टमै छु, भोलि काभ्रे पुग्दैछु, त्यहाँबाट फर्केपछि पर्सि धादिङ जाने कार्यक्रम छ।' 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले हार व्यहोरेपछि उनी मेची महाकाली अभियानमा लागेका हुन्। झापा क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धीमा रहेका उनी आफै पनि पराजित भएका थिए। पराजित भएलगत्तै उनले निर्वाचित माओवादी केन्द्रका नेता राम कार्कीलाई माला लगाएर बधाई दिएका उनी मेची महाकाली अभियानमा लागेका हुन्।

कांग्रेस पार्टी गम्भीर बिरामी भएको भन्दै तत्काल उपचारको खाँचो रहेको बताउँदै आएका उनले कांग्रेसमा तत्काल केन्द्रीय समितिको बैठकको मागसमेत गरे। 

कांग्रेस पार्टी विचारले मात्र नभइ जन्मले संस्कारले र जिम्मेवारले जेठो भएकोले अब पूर्ण जिम्मेवारी लिएर बदल्न आफू दौरानमा निस्केको उनले बताए।

धादिङपछि सोमबार रामेछाप पुग्ने कार्यक्रम रहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell