PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

पूर्व डिआइजी नवराज सिलवाललाई उपस्थित गराउन प्रहरीको पत्राचार



सविन ढकाल

पूर्व डिआइजी नवराज सिलवाललाई उपस्थित गराउन प्रहरीको पत्राचार

काठमाडौं : पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवाललाई अनुसन्धानको लागि उपलव्ध गराइदिन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्रचार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्तेको अनुसन्धान अगाडि बढेको छ। गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो। 

आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो। 

सिलवाललाई पत्राचार भए पनि भने सम्पर्क बाहिर पुगिसकेका छन्। स्रोतका अनुसार उनी नेपालभित्र छैनन्।

काठमाडौं परिसरले अनुसन्धानको लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायत सम्बन्धित निकायमा अनुसन्धानको लागि आवश्यक कागजपत्र उपलव्ध गराउने माग गर्दै केही दिनअगाडि मात्र पत्र समेत पठाइ छ। स्रोतले भन्यो, 'अनुसन्धानका लागि आवश्यक काजगपत्र उपलव्ध गराउन सम्बन्धित निकायलाई पत्रचार भइसकेको छ।' कागजपत्र उपलव्ध भएपछि सिलवालले बुझाएको कार्यसम्पादन मूल्यांकन फारमलाई ‘ल्याब टेस्ट’ का लागि विधि विज्ञान प्रयोगशाला पठाउने प्रहरीले जनाएको छ।

अदालतको पूर्ण पाठमा नवराज सिलवालले नै 'अनुचित माध्यसमबाट कार्यसम्पादन मूल्याङ्कनको अङ्क प्राप्त गरी तोडमोड गरी आफूले बढी अङ्क प्राप्त गरेको भनी इजलासलाई भ्रम पार्ने प्रयास गरेको देखिएको' उल्लेख छ। 

डिआइजी सिलवालले भने आफुले बुझाएको कासमु फाइल अनलाइनमा आएको समचारको आधारमा बुझाएको भन्दै आएका छन्। प्रहरीले संञ्चार माध्यमसम्म अति गोप्य फायल कसरी आइपुग्यो भन्ने विषयमा पनि अनुसन्धान शुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell