PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन सर्वोच्चको अस्वीकार, जीवनरामको मुद्दा नै खारेज



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन सर्वोच्चको अस्वीकार, जीवनरामको मुद्दा नै खारेज

काठमाडौँ : सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ।

न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो।

अन्तर्राष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले नेपालमा पनि मान्यता पाउनुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।सो मुद्दाको सुनुवाइपछि अदालतले मान्यता दिन अस्वीकार गर्दै सो मुद्दा नै खारेज गरेको छ।

अदालतले यसअघि नै रुक्मशम्शेर राणाले नेतृत्व गरेको ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिने फैसला सुनाएको थियो। त्यसका विरुद्धमा श्रेष्ठ अदालतमा गएका थिए।

प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठ काठमाडौँ क्षेत्र नम्वर ८ बाट निर्वाचित सांसद समेत हुन्। नेकपा एमालेबाट चुनाव लडेका श्रेष्ठले नेपाली कांग्रेसका नविन्द्रराज जोशीलाई पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell