
लिग लिडर म्यानचेष्टर सिटी र टोटनहम हट्सपरले प्रिमियर लिगमा जित हात पारेका छन्। सिटीले घरेलु मैदानमा वाटफोर्डलाई ३-१ ले पराजित गर्दै फेरी १५ अंकको अग्रता बनाएको छ।
सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक एक गोल गरे भने वाटफोर्डका क्रिस्टियन कावासेलेले एक आत्मघाती गोल उपहार दिए। वाटफोर्डका लागि आन्द्रे ग्रे ले सान्त्वना गोल फर्काए।
जितपछि २२ खेलबाट सीटीले ६२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको छिमेकी युनांइटेडको समान खेलबाट ४७ अंक छ।
यस्तै टोटनहम स्वान्सी सिटीलाई २-० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लेको छ। टोटनहमका लागि फर्नान्डो लेरेन्टो र डेले अलीले गोल गरे। जितपछि टोटद्दहमले २२ खेलबाट ४० अंक जोडेको छ।
लिगकै अन्य खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटन तथा वेष्टह्याम युनाइटेडले वेष्ट्रोमलाई समान २-१ ले पराजित गरेको छ।
लिग अन्तर्गत आज राती लण्डन डर्बीमा तेस्रो स्थानको चेल्सी तथा छैटौँ स्थानको आर्सनल भिड्दैछन्।