PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा बढी चिसो, बिहानको तापक्रम २.२ डिग्री सेल्सियस



पहिलोपोस्ट

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा बढी चिसो, बिहानको तापक्रम २.२ डिग्री सेल्सियस

काठमाडौँ: देशभर चिसो बढेर जनजीवन कष्टकर बनिरहेका बेला काठमाडौमा आज यो सिजनकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । बिहान ६ः३० बजे काठमाडौँको तापक्रम २.२ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँमा बुधबार अधिकतम तापक्रम १८.५ डिग्रीय सेल्सियस हुने अनुमान महाशाखाको छ। सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ६ डिग्री मापन गरिएको छ। जुम्लापछि सबैभन्दा बढी चिसो दिपायलमा हुने देखिएको छ। महाशाखाले जहाँको तापक्रम १.४ डिग्री मापन गरेको छ।

चिसोका कारण तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ। शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। बृद्धबृद्धा तथा बालवालिका चिसोबाट बढी प्रभावित भएका छन्। चिसोसँगैको बाक्लो हुस्सुका कारण कतिपय स्थानमा भिजिवीलिटी कम हुँदा हवाइ उडान समेत प्रभावित भएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell