PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

क्रिकेटर पृथु बास्कोटासहित १० विरुद्ध काठमाडौं अदालतमा ठगी मुद्दा दर्ता



पहिलोपोस्ट

क्रिकेटर पृथु बास्कोटासहित १० विरुद्ध काठमाडौं अदालतमा ठगी मुद्दा दर्ता

काठमाडौः क्रिकेटर पृथु बास्कोटासहित १० जनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गराएको छ। डेजाभू नाइट क्लबमा मंहगो मूल्यमा टिकट बिक्री गरेर कार्यक्रम नगरी ठगी गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गराएको हो।

३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गराएको प्रहरीले जनाएको छ। कार्यक्रम आयोजना गर्ने मुख्य व्यक्ति रवीन गुरुङ भने अझै फरार रहेका छन्। रवीन नै मार्सेमेलो ल्याउनेदेखि टिकटको व्यवस्थापन गरेको बताउँदै आएका छन्।

आयोजकले मार्समेलो कार्यक्रममा सहभागी हुने भन्दै ३ हजार देखि ७ हजार रुपैयाँसम्मको टिकट बिक्री गरेका थिए। तर, कार्यक्रममा आफू अस्वस्थ्य भएको भन्दै मार्समेलो नआएपछि आक्रोशित समूहले क्लब तोडफोड गरेको थियो।

प्रहरीले गत मंसिरमा पृथु बाँस्कोटासहित राजु महर्जन, रितेश मारवाडी, यनव श्रेष्ठ,  मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र क्लबका क्याप्टेन आकाश न्यौपानेलाई पक्राउ गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell