PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

स्थानीय सरकार बालमैत्री बनाउन सरकारद्वारा १० प्रतिशत बजेट उपलब्ध 



पहिलोपोस्ट

स्थानीय सरकार बालमैत्री बनाउन सरकारद्वारा १० प्रतिशत बजेट उपलब्ध 

काठमाडौं: मनावअधिकारकर्मी गौरी प्रधानले बाल अधिकारको हिसाबले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन्।
मंगलबार केन्द्रीय बाल कल्याण समिति, बाल सञ्चार केन्द्र, नेपाल बाल साहित्य समाजले संयुक्त रुपमा आयोजना गरेको ‘बाल साहित्य र बाल सञ्चार’ विषय कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रधानले उक्त भनाइ राखेका हुन्।

‘संघीय संरचनामा बालअधिकार: साहित्य र सञ्चार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले विश्वका अन्य मुलुकको तुलनामा नेपालको संविधान बालमैत्री हिसाबले उत्कृष्ट रहेको उल्लेख गरे। 

प्रधानले स्थानीय सरकार बालमैत्री बनाउन सरकारले १० प्रतिशत छुट्टै रकमको व्यवस्था गरेको छ भने बालमैत्री गाउँपालिका भनेर घोषणा गरेमा १५ प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था रहेको जानकारी गराए । 

कार्यक्रममा प्रेस काउन्सिल नेपाल,  केन्द्रीय बाल कल्याण समितिलगायतले तयार पारेको बालमैत्री सञ्चार निर्देशिका पालना गर्न बालबालिकाको क्षेत्रमा कार्यरत पत्रकार र सञ्चारमाध्यमसँग आग्रह पनि गरिएको छ । 

अन्तक्रियामा बालकल्याण समितिका परियोजना संयोजक आत्माराम थापाले बाल साहित्यकार र पत्रकारले बालबालिकाका विषयलाई संवेदनात्मक दृष्टिले लेख्नुपर्ने बताए।

 बाल साहित्यकार तथा पत्रकार अनन्त वाग्ले ‘बाल साहित्य तथा सञ्चारमा बाल सहभागिता वृद्धि’ विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र चारित्रिक विकासमा सहयोग पुग्ने गरी समाचार र साहित्य सिर्जना गर्नुपर्ने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell