
काठमाडौँ : सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई तोक्ने तयारी गरेपछि डोटीमा आम हड्ताल शुरु भएको छ। हिजो सरकारले धनगढीलाई राजधानी तोक्ने तयारी गरेको समाचार बाहिरिएसँगै डोटीमा आन्दोलन सुरु भएको हो।
डोटीको दिपायललाई राजधानी तोक्न माग गर्दो आज बिहानबाट स्थानीय आन्दोलनमा होमिएका छन्। संर्घष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्याक्ष नरेन्द्र खड्काले भने, 'प्रदेश ७ को राजधानी दिपायललाई नतोके सम्म आमहड्ताल अनिश्चित रहन्छ।'
सुदुरपश्चिमको वाहालवाला क्षेत्रीय राजधानी दिपाय हो। सुदुरपश्चिमका ९ जिल्लाको सेन्टर पोन्टमा पर्ने भएकाले दिपायलाई नै राजधानी बनाउनु पर्ने माग उनीहरुको छ।
राजधानी दिपायलालाई तोक्न तीन महिना देखि आन्दोलन चलिरहेको छ। खड्काले भने, 'हिजोसम्म दिनको दुई घण्टा सम्म बन्द गरेर एक हप्ते आन्दोलन पूरा गरेका छौं।' राजधानी तोक्ने सरकारको तयारीबारे जानकारी भैसकेपछि आन्दोलनले उग्ररुप लिएको छ।