
मुम्बई : महाराष्ट्र भित्रका दलित समूदाय र पार्टीले आह्वान गरेको बन्दको मुम्बईमा व्यापक प्रभाव परेको छ। यहाँका दलित समुदाय र उपल्लो जातका भनिने मराठीबीचको द्वन्द्वले जातीय हिंसाको मोड लिएको हो। आन्दोलनकारीहरुले रेल, मेट्रो र बस सेवा ठप्प पार्न प्रयास गरेका छन्। उनीहरुले कारका सो रुममा समेत आक्रमण गरेका छन्। मुम्बई ब्रान्द्राका दुई प्रमुख सडक पूरै आन्दोलनकारीले बन्द गरेका छन्। पसल र गाडी चल्न दिएका छैनन्। यसको असर दिल्लीमा पनि परेको छ।
१. लोकल रेलहरु घाटकोपरमै रोकिएका छन्। सिभिल ट्रान्सपोर्ट सर्भिसका १३ वटा बस ध्वस्त पारिएको छ।
२. नागपुर, पुणे र वारामतीमा पनि आन्दोलन चर्किएको छ। पुणे नजिकको वारममती शहर पूर्ण बन्द छ। उत्तरी महाराष्ट्रका मिराज र संगली पनि बन्द छ। नागपुरमा सबै स्कुल, बजार बन्द छ।
३. नयाँ दिल्लीमा विद्यार्थीहरुले महाराष्ट्र सदनको अगाडि प्रदर्शन गरेका छन्
४. आज प्रकाश अम्बेडकरले आह्वान गरेका हुन् महाराष्ट्र बन्द। दलित आइकन बीआर अम्बेडकरका उनी नाति हुन्। मुम्बईमा करिब २१ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
५. मुम्बईमा कार्यालयहरु खुलेका छन्, केही स्कुल खुलेका छन् तर स्कुल बस चलेका छैनन्। एयरलाइन्सहरुले विमान छुटेका यात्रुलाई सहुलियतको व्यवस्था गरेको छ।
६. पुणेभन्दा ३० किलोमिटर दुरीमा रहेको भिमा-कोरेगाउँमा ब्रिटिसलाई पेशवाहरुले जितेको उपलक्ष्यमा आयोजित कार्यक्रमबाट दंगा शुरु भएको हो।
७. दंगामा २८ वर्षीय मराठा युवकको मृत्युपछि जातीय दंगाले रुप लिएको हो।
८. मराठीविरुद्ध बेलायती सेनाको जितको उत्सव मनाउन खोजेको विषयले हिंसालाई यस्तो मोडमा पुर्या्यो जुन लडाईमा दलितहरु मारिएका थिए।