PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सरकार भन्छ : प्रदेशको राजधानी तोकेकै छैन, भ्रममा नपर्नुस्



पहिलोपोस्ट

सरकार भन्छ : प्रदेशको राजधानी तोकेकै छैन, भ्रममा नपर्नुस्

काठमाडौं : सरकारले प्रदेशको अस्थायी राजधानी नतोकेको प्रस्ट्याएको छ। आज प्रेस विज्ञप्ती जारी गर्दै सरकारले स्थान तोक्ने कुनै पनि काम नगरेको जनाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – नेपालको संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा जानकारी गराउँदै यस सम्बन्धमा भ्रममा नपर्ने यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

प्रदेशिक राजधानीको विषयलाई लिएर देशका विभिन्न स्थानमा हड्ताल र आन्दोलनका कार्यक्रम सुरु भएलगत्तै सरकारले स्थान नतोकिएको प्रस्ट्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell