PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मोबाइल एप्समा फिल्म 'जात्रा'



पहिलोपोस्ट

मोबाइल एप्समा फिल्म 'जात्रा'

काठमाडौं: फिल्म 'जात्रा'को मोबाइस एप्लिकेसन रिलिज भएको छ। हलबाट टिभी, युट्युब हुँदै अब मोबाइलमा पनि फिल्म प्रदर्शन सुरु भएको हो। 'सिनेमा घर' एप्समार्फत दर्शकले नि:शुल्क फिल्म हेर्न पाउने भएका हुन्।

प्रदिप भट्टराई निर्देशित फिल्म गुगल प्ले र एप्पल एप्सस्टोर दुबैमा उपलब्ध छ। उक्त एप्समा यसअघि 'लभ सासा' र 'द विनर' रिलिज भएको थियो।

समिक्षात्मक एवं व्यवसायिक रुपमा सफल मानिएको फिल्म जात्रलाई प्रदिप भट्टरईले निर्देशन गरेका हुन्। फिल्ममा रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, विपिन कार्की, वर्षा राउत लगायतको अभिनय रहेको छ।

सागर खरेलको डिजाइन रहेको सिनेमा घर एप्सले अन्य नयाँ फिल्महरुको पनि प्रदर्शन तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell