
काठमाडौँ : कमेडी प्रधान फिल्म ‘फिर्के’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म हो। गाउँबाट शहर पसेको एक यूवकको कथा फिल्मले बोल्छ। ‘ईकु’ र ‘ईकु ब्याक अगेन’मा लगानी र अभिनय गरेका सुलेमान शंकर ‘ईकु’ फिल्म ‘फिर्के’का लिड कलाकार हुन्। फिल्मको कथा उनकै वरिपरि घुमेको छ।
सुलेमान शंकरले ‘फिर्के’ नाम जुर्नु पछाडिको रोचक कथा बताए। उनले भने, ‘हामीले कथा तयार पारिसकेका थियौं। तर, नाम के राख्ने भनेर हामीले धेरै सोच्यौं र धेरै नाम पनि आए तर कथा अनुसार हामीले खोजेको नाम पाउन सकेका थिएनौँ। यस्तैमा म भिनाजुको घरमा जाने क्रममा बुद्धि सागरको ‘फिरफिरे’ भन्ने पुस्तक देखेँ। त्यसपछि ‘फिरफिर’ राख्ने कुरा आयो तर त्यो पनि उचित लागेन। यस्तैमा ‘फिर्के’ नाम मेरो दिमागमा जन्मियो।’
उनी अगाडि भन्छन्, ‘फिर्के’को अर्थ धेरै वटा लाग्छ। जसरी गाउँघरबाट घुमाई-घुमाई शहरमा लैजानु अर्थात्, एउटा निचोडमा लैजानु हो।’
सुलेमान अभिनीत तथा निर्मित फिल्म ‘फिर्के’लाई रवि डंगोलले निर्देशन गरेका हुन्। यो चलचित्रमा सुलेमानसँगै अर्पण थापा, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
सेन्सरले दियो यूनिभर्सल सर्टिफिकेट
केन्द्रिय चलचित्र जाँचपास समितीले मंगलवार 'फिर्के'लाई यूनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। योसँगै अब यो फिल्मलाई सबै उमेरसमूहका दर्शकले हेर्न पाउनेछन्।