
काठमाडौं: सर्वोच्च अदालतले तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा १ को मतगणना भइसकेका मतपत्र मगाएको छ।
पुन मतदान गर्नु पर्ने माग गर्दै कांग्रेस नेता प्रदीप पौडेलले दायर गरेको रिटमा छलफलपछि सर्वोच्चले मतगणना भइसकेका मतपत्र मगाएको हो।
अदालतले आज दुवै पक्षलाई छलफलको लागि अदालतमा उपस्थित गराएको थियो। निर्वाचन आयोगको रहोबरमा अदालतमा मतपत्र ल्याउन आदेश गरेको हो।
नेता पौडेल वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग ५ मतान्तरले पराजित भएका थिए । मतपत्रमा ४२ मत फर्जी भेटिएको भन्दै पौडेलले पुनःमतदान हुनु पर्ने माग गर्दै अदालत पुगेका हुन्।