PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

१२ वर्षीय निप्पोन लामाको गीत ‘हे गर्ल…’ सार्वजनिक



पहिलोपोस्ट

१२ वर्षीय निप्पोन लामाको गीत ‘हे गर्ल…’ सार्वजनिक

काठमाडौँ : अस्ट्रियामा बसोबास गर्दै आएका नेपाली १२ वर्षीय गायक निप्पोन लामाले आफ्नो पहिलो नेपाली गीत सार्वजनिक गरेका छन्। अंग्रेजी नयाँ वर्षको उपलक्षमा जनवरी १ मा सार्वजनिक गरिएको गीत ‘हे गर्ल…’को म्युजिक भिडियोमा उनको फ्यानहरुको प्रतिक्रिया र प्रेमभाव लाई देखाइएको छ।

म्युजिक भिडियोमा १२ वर्षीय गायक निप्पोनको गीत सुन्दै आएको फ्यानहरु र उनि प्रति रहेको लगावलाई प्रस्तुत गरिएको छ।

राहुल प्रधान निर्देशित यस म्युजिक भिडियोलाई फोटो पत्रकार नबिन बाबु गुरुङले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

विभिन्न चर्चित अंग्रेजी गीतहरुलाई कभर गर्दै आएका निप्पोनको यस गीतलाई भने उनकै बुबा तथा गायक शेखर च्यान लामाले लेखेका हुन्। शेखरका थुप्रै गीतहरु नेपाली सांगीतिक बजारमा चर्चित छन्।

जिनियस डिजिटलले प्रस्तुत गरेको यस म्युजिक भिडियो रिलिजको २ दिनमै धेरैको नजर परिसकेको छ भने सकरात्मक प्रतिक्रियाहरु पाइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell