PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

सञ्जय लीला भन्सालीको पद्मावतीमा ५ चेन्ज, के के हुन्?



पहिलोपोस्ट

सञ्जय लीला भन्साली र उनको पद्मावती निर्माता भियाकम १८ मोसन पिक्चर यतिखेर निकै तनावमा छ। भारतको सेन्टरल बोर्ड अफ फिल्म सर्टिफिकेसनले फिल्ममा केही परिवर्तन गर्न निर्देशन दिएको छ। २८ डिसेम्बरमा सेन्सरले विशेष परीक्षण समिति नै बोलाएर फिल्म देखाएको थियो। फिल्मले यु/ए सर्टिफिकेट पाएको छ। सेन्सरले २६ ठाउँमा फिल्म काटेको विषयले मिडियामा चर्चा पाउँदा चर्चित निर्देशकको फिल्मको हालत के भयो होला भन्ने धेरैमा परेको छ। यद्यपि २६ ठाउँमा सेन्सरको कैची चलेको भन्ने विषय भने गलत हो।

सेन्सर बोर्ड अध्यक्ष प्रसुन जोशीले बलिउड हंगामासँग कुरा गर्दै २६ ठाउँमा सेन्सर नभएको बताएका छन्। उनले फिल्ममा जम्मा ५ वटा मात्र मोडिफिकेसन भएको जानकारी दिएका छन्।

के के फेरियो त पद्मावतीमा?

जोशीका अनुसार :
१.    फिल्म पूर्णरुपमा ऐतिहासिक घटनामा आधारित होइन भन्ने डिस्क्लेमर राख्ने 
२.    फिल्मको शीर्षक पद्मावतीको साटो पद्मावत राख्ने। पद्मावतका कृतिलाई फिल्ममा समेटिएको तर इतिहासको नभएकाले नाम फेर्ने
३.    फिल्मको गीत घुमार…मा पात्रको प्रस्तुती फेर्ने
४.    फिल्ममा गल्तीवस उल्लेखित ऐतिहासिक ठाउँको नाम सुधार्ने
५.    र, फिल्म कुनै पनि हिसाबले सति प्रथा वा त्यसलाई व्याख्या गर्नका लागि नबनाइएको डिस्क्लेमर राख्ने
जोशीले निर्माता कम्पनी र निर्देशकसमेत यति सुधार गर्न सहमत भइसकेको जानकारी दिए। मिडियामा आएकै भरमा फिल्ममा परिवर्तन नभएको उनको दावी थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell