PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

टी ट्‍वान्टीमा एकै खेलाडीको ३ शतक!



पहिलोपोस्ट

न्यूजिल्याण्डका कोलीन मुनरो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ शतक प्रहार गर्ने पहिले खेलाडी बनेका छन्। घरेलु मैदानमा भइरहेको वेष्ट इन्डिज विरुद्धको तेस्रो टी-२० खेलमा बुधबार शतक प्रहार गर्दे ३ शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन्।
 

NEW WORLD RECORD!

Congratulations Colin Munro on becoming the first player to score three T20I centuries! #NZvWI pic.twitter.com/YcV35VHUQZ

— ICC (@ICC) January 3, 2018

मुनरोले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि १०४ रन बनाए। ५३ बल खेलेका मुनरोले ३ चौका र १० छक्का प्रहार गरे। मुनरोले गत वर्ष दुई टी-२० अन्तर्राष्ट्रिय शतक बनाएका थिए। २०१७ को जनवरीमा बंगलादेश विरुद्ध १०१ रन बनाएर शतकको खाता खोलेका मुनरोले नोभेम्वरमा भारतविरुद्ध नटआउट १०९ रन बनाएका थिए। उनी एकै वर्ष दुई टी-२० शतक बनाउने पहिलो खेलाडी समेत हुन्।

मुनरोकै शतक मद्दतमा न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो। जुन टी-२० मा न्यूजिल्याण्डको सर्वाधिक स्कोर समेत हो। यसअघि सन् २०१० मा अष्ट्रेलिया विरुद्ध २१० रन न्यूजिल्याण्डको उच्च स्कोर हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell