PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

पेरु बस दुर्घटना : ३६ को शव निकालियो, १२ को शव बसभित्रै चेपिएको अवस्थामा



पहिलोपोस्ट

पेरु बस दुर्घटना : ३६ को शव निकालियो, १२ को शव बसभित्रै चेपिएको अवस्थामा

लिमा : पेरुको राजधानी लिमा नजिकैको चट्टानी भिरमा खसेको बसमा परी मर्नेको संख्या ४८ पुगेको प्रहरीले जनाएको छ। 

प्रहरीले जनाएअनुसार ३६ शव निकालिसकिएको छ भने अझै १२ शब बसभित्रै चेपिएको अवस्थामा छ। बस दुर्घटनामा बाँचेका ६ जना पनि नराम्ररी घाइते छन्। उनीहरुको लिमा, कलाओ र च्यान्सीमा उपचार भइरहेको छ।

लिमाभन्दा ४८ किलोमिटर उत्तरमा रहेको ठाउँमा एउटा ट्याङ्करसँग ठोक्किएपछि बस भिरबाट खसेको थियो। बसमा ५० यात्रु थिए। 

प्रहरीका अनुसार ट्याङ्करले लेन नियम तोड्दै गुडेको थियो जसले दुर्घटना र यति धेरैको ज्यान लियो। हाइवे भन्दा सय मिटर तल झरेको बसका टुक्राटुक्रा उछिट्टिएका छन्। दुर्घटना डेभिल्स कर्भ नामको घुम्तीमा भएको हो।

उद्दार कार्यमा प्रहरी, अग्‍नि नियन्त्रकसँगै दुई हेलिकप्टर र पेट्रोलिङ गर्ने डुङ्गासमेत परिचालन गरिएको थियो। - सिन्हवा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell