PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

एनसेल बिक्री करमा अर्को ट्विस्ट : विचाराधीन मुद्दालाई प्रभावित गर्दै कर कार्यालय



पहिलोपोस्ट

एनसेल बिक्री करमा अर्को ट्विस्ट : विचाराधीन मुद्दालाई प्रभावित गर्दै कर कार्यालय

काठमाडौं : सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दालार्इ प्रभावित पार्ने उद्देश्यसहित ठूला करदाता कार्यालयले एनसेल बिक्री गर्ने टेलिया सोनेरालार्इ ६५ अर्ब ४० करोड रुपैयाँ पूँजीगत लाभकर तिर्न सूचना जारी गरेको छ।
 
पूँजीगत लाभकरको विवाद सर्वोच्च अदालतमा पुगेपछि कार्यालयले टेलिया सोनेरालार्इ कर तिर्न आउन सूचना जारी गरेको हो। सर्वोच्चले पूँजीगत लाभकरका बारेमा दुर्इ सातापछि निर्णय गर्ने भन्दै पूर्ण इजलासमा पठाएको बेला मुद्दालार्इ नै प्रभावित पार्ने गरी कार्यालयले सूचना जारी गरेको हो।
 
टेलियाले मलेसियाको एक्जियटालार्इ एनसेल बिक्री गर्दाको पूँजीगत लाभकर ६० अर्ब ७१ करोड रुपैयाँ तय भएको कार्यालयले जनाएको छ। तर तोकिएको समयमा कर नतिर्दा थप ब्याजसहित ६५ अर्ब ४० करोड रुपैयाँ पुगेको सुचनामा उल्लेख छ। समयमा कर नतिर्दा ब्याज र जरिवाना मात्रै पाँच अर्ब बढिसकेको उल्लेख गर्दै तोकिएको समयमा कर तिर्न नआए आयकर ऐनको २०५८ का आधारमा कारवाही गर्ने चेतावनी दिएको छ।
 
एनसेलको ८० प्रतिशत शेयर किन्ने एक्जियटालार्इ पूँजीगत लाभकरबाट उन्मुक्ति दिने गरी गत असारमा ठूला करदाता कार्यालयले करको दायित्व टेलिया सोनेरामा पन्छाएको थियो। जबकि ८० प्रतिशत शेयर किन्ने कम्पनी एक्जियटाले अहिलेसम्म पनि एनसेल खरिद बिक्रीको एसपिए कर कार्यालयमा बुझाएको छैन। एनसेल खरिद बिक्रीका लागि एक्जियटा र टेलियासोनेराबीच भएको एसपिएमा नेपालको कर दायित्व लगायतका विषयमा ४० करोड ९५ लाख ४२ हजार डलरको  रकम व्यवस्था गरिएको देखिन्छ। यो डलरको विनिमय दरका आधारलार्इ मान्ने हो भने ४१ अर्ब भन्दा बढी हुन्छ।
 
एनसेलको ८० प्रतिशत स्वामित्व भएको रेनल्ड होल्डिङ्स टेलिया सोनेरा नर्वे नेपालले एक्जियटा इन्भेष्टमेन्ट युकेलाई बिक्री गरे पनि  त्यसको वारेन्टी भने स्वीडेनमा हेडक्वाटर भएको टेलिया बसेको स्पस्ट देखिन्छ। 
 
टेलिया सोनेरा नर्वे नेपालभन्दा माथि अर्को एउटा कम्पनी छ टेलिया सोनेरा एशिया। त्यसका भने दुई सेयर होल्डर छन्। 
 
एनसेलको सेयर खरिद बिक्रीका लागि भएको एसपिएलाई संकेत गर्दै टेलियाले पनि करका लागि एसपिएमा व्यवस्था गरिएको जानकारी यसअघि नै दिइसकेको छ। स्वीस दैनिक एसभिडिको समाचारको खण्डन गर्न गत अप्रिल २१ मा टेलियाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको कर मागका विषयमा, त्यस्ता जोखिम र अन्य व्यवसायिक मुद्दा तथा जोखिमको विषय हामी र एक्जियटाबीच भएको सम्झौतामा उल्लेख भएको जानकारी दिएको छ।
 
टेलियाको यही प्रेस विज्ञप्तिमा नेपालमा कर दायित्व परे त्यो एक्जियटाले बहन गर्ने संकेत गरिएको छ। त्यसैले एनसेलको कर दायित्वका लागि टेलिया नै जिम्मेवार हो, एनसेल र एक्जियटालाई यस विषयमा जानकारी थिएन। हामीलाई अफठ्यारो पर्यो भन्ने तर्क बलियो देखिंँदैन।
 
गत वैशाख २६ मा नौ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ रकम बुझाउने बेला एसपिएमा हस्ताक्षर गर्ने एक्जियटाका प्रबन्ध निर्देशक जमालुद्दिन इब्राहिम काठमाडौं आएका थिए। तर उनी नेपाल आएर कर छुटको विषयमा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसम्म भेट गरे पनि एसपिए भने बुझाएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell