PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

राष्ट्रिय महिला फुटबल : आर्मी र एपीएफ सुपर लिगमा प्रवेश, सावित्राको ८ गोल



पहिलोपोस्ट

राष्ट्रिय महिला फुटबल : आर्मी र एपीएफ सुपर लिगमा प्रवेश, सावित्राको ८ गोल
फोटो : एन्फा

काठमाडौं : दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ राखेप च्याम्पियनसिप अन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन्। लिग अन्तर्गत बुधबार भएको खेलमा दोस्रो जित हात पारेपछि दुवै टोली एक आपसमा खेल्नु अघि नै अर्को चरणमा प्रवेश गरेका हुन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको समूह बी को खेलमा आर्मीले मध्यपश्चिमलाई १२-० ले तथा एपीएफले पश्चिमाञ्चललाई १४-० ले पराजित गरेका हुन्।

बुधबारको पहिलो खेलमा आर्मीको फराकिलो जितमा सपना लामाले ५ तथा शर्मिला थापामगरले ४ गोल गरिन्। यसैगरी दीपा राईले २ तथा कप्तान कृष्णा खत्रीले एक गोल गरिन्।

यस्तै सावित्रा भण्डारीले डबल ह्याट्रिक गरेपछि एपीएफले पश्चिमाञ्चललाई १४-० ले हरायो। अघिल्लो खेलमा १२ गोल गरेकी सावित्राले पश्चिमाञ्चल विरुद्ध डबल ह्याट्रिकसहित ८ गोल गरिन्। यस्तै एपीएफको लागि रेखा पौडेल र अनिता केसीले समान २ गोल गर्दा रेनुका नगरकोटी र अनिता बस्नेतले १-१ गोल गरिन्।

पश्चिमाञ्चलविरुद्ध ८ गोल गरेपछि सावित्रा गोल सङ्ख्या २० पुगेको छ।

लगातर दोस्रो जितपछि दुवै टोली समान ६ अंक जोडेका छन्। तर गोलअन्तरमा एपीएफ समूहमा शीर्ष स्थानमा छ। यी दुईबीचको शुक्रबार हुने लिग चरणको अन्तिम खेलले नै समूह विजेताको तय गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell