
पोखरा : पोखरामा सुरु भएको राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा पश्चिमाञ्चल विजयी भएको छ। घरेलु टिम पश्चिमाञ्चलले विभागिय टोली सशस्त्र प्रहरी वलको एपीएफ लाई ३०-२२ ले हराउँदै विजयी सुरुवात गरेको हो।
नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिता अन्तर्गत १८औं पुरुष तथा नवौँ महिला ह्याण्डवल प्रतियोगितामा हुँदैछ।
यही पुष २२ गतेसम्म पोखरामा संचालन हुने १८औं पुरुष तथा ९औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको दुई विभागीय र पाँच विकास क्षेत्रका एक-एक गरी महिला तथा पुरुष तर्फ ७-७ टिमको सहभागिता छ।
प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०-३० हजार, उपविजेतालाई २०-२० हजार र तेश्रो हुनेलाई १०-१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्वपुर्ण रहेको बताएको छ।