PahiloPost

Sep 5, 2025 | २० भदौ २०८२

हेक्टर बेलरिनले इन्जुरी टाइममा गोल गरेपछि लण्डन डर्बीमा आर्सनलले चेल्सीसँग अंक खोस्यो



पहिलोपोस्ट

हेक्टर बेलरिनले इन्जुरी टाइममा गोल गरेपछि लण्डन डर्बीमा आर्सनलले चेल्सीसँग अंक खोस्यो

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा आर्सनल र चेल्सीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। हेक्टर बेलरिनले इनुरी टाइममा गोल गरेपछि घरेलु टोली आर्सनलले साविक विजेता चेल्सीसँग अंक खोसेको हो।

त्यसअघि एमिरेट्स स्टेडियममा ज्याक विलसरले ६३औँ मिनेटमा गोल गर्दै आर्सनललाई पहिले अग्रता दलिलाएका थिए। तर त्यसको ४ मनेटपछि नै चेल्सीका एडेन हाजार्डले बराबरी गोल फर्काए।

८४औँ मिनेटमा मार्कोस अलोन्सोले गोल गरेपछि चेल्सीले २-१ को अग्रता बनाएको थियो। निर्धारित समयमा चेल्सीले अग्रता जोगाएपछि इन्जुरी टाइममा आर्सनलले गोल फर्कायो। इन्जुरी टाइममको दोस्रो मनेटमा बेलरिनले गोल गर्दै आर्सनललाई १ अंक दिलाएका हुन्।

बराबरीपछि चेल्सीले म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लने मौका गुमायो। २२ खेलबाट ४६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा कायम छ र युनाइटेड भन्दा १ अंकले पछि छ। यस्तै समान खेलबानट ३९ अंक जोडेको आर्सनल छैटौँ स्थानमा यथावत छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell